दफा २४
लघु उद्यमको लागि अन्य सुविधा एवं सहुलियत
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम लघु उद्यम दर्ता गर्दा कुनै शुल्क वा दस्तुर लाग्ने छैन ।
(२) यो ऐन प्रारम्भ हुदाँका बखत सञ्चालनमा रहेका लघु उद्यमलाई यो ऐन जारी भएको मितिले र यस ऐन बमोजिम दर्ता भईmसञ्चालनमा आएको लघु उद्यमलाई व्यवसाय वा कारोबार शुरु गरेको मितिले न्यूनतम पाँच वर्षसम्म आयकर छुट प्राप्त हुनेछ ।